२०८३ वैशाख १ गते , मंगलबार इमेल: swmobirgunj@gmail.com फोन: 9855013381
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालय भू तथा जलाधार व्‍यवस्थापन कार्यालय वीरगंज, पर्सा
हालको अपडेट
सत्यनारायण महासेठ कार्यालय प्रमुख
view details
सरोज चौधरी सूचना अधिकारी मो: ९८१२२३८७८८
view details
हाम्रो बारेमा

कार्यालयको परिचय

भू तथा जलाधार व्यबस्थापन कार्यालय बिभिन्न बिषयगत क्षेत्र सम्बन्धित जनशक्ति सहितको कार्यालय हो । साविकमा रहेको जिल्ला भूसंरक्षण कार्यालय, पर्सा  मुलुक संघियतामा गए पश्चात खारेजीमा परि यसको कार्य क्षेत्र २०७५ देखि मधेश प्रदेश सरकार अन्तरगतको भू तथा जलाधार व्यवस्थापन कार्यालय, रौतहट , चपुरमा गाभिएकोमा मधेश प्रदेश सरकारको निर्णय बमोजिम बारा र पर्सा दुई जिल्ला कार्य क्षेत्र हुने गरी पर्साको बीरगंजमा  भू तथा जलाधार व्यवस्थापन कार्यालय, बीरगंजमा , पर्सा  मिति २०८१ श्रावण २८ गते देखि सञ्चालनमा आएको हो । मधेश प्रदेश सरकारको कार्य विभाजन नियमावली २०७९ वन तथा वातावरण मन्त्रालयलाई प्राप्त विभागिय जिम्मेवारीहरु मध्ये (१) प्रदेश स्तरमा भू तथा जलाधार संरक्षण सम्वन्धी नीति योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वय (२) चुरे क्षेत्रको भूसंरक्षणभूस्खलन नियन्त्रण एवं व्यवस्थापन तथा भरण पोखरी सम्वन्धी (३) वन तथा वातावरण सम्वन्धी विषयमा प्राविधिक सुचना तथा सेवा प्रवाह (४) सिमसार क्षेत्रमध्यवर्ति क्षेत्र तथा तटवर्ति क्षेत्रको व्यवस्थापन (५) जलाधार तथा उपजलाधार क्षेत्रको संरक्षणविकास र व्यवस्थापन (६) तल्लो तथा उपल्लो तटिय क्षेत्रमा वातावरणिय सेवाको न्यायोचित पहुँच तथा बाँडफाँड (७) जलाधार व्यवस्थापनका लागि प्रविधी विकास र ब्यवस्थापनका कार्य (८) नदी उकास तथा सडक किनारा संरक्षण व्यवस्थापन (८) प्रदेश स्तरमा वातावरणीय संरक्षण तथा वातावरणीय जोखीमका लागी पूर्व तयारी जस्ता बिषयगत क्षेत्रका कार्यहरु भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्सा सञ्चालन गर्दै आएको छ ।

जलाधार एउटा भौगोलीक क्षेत्र हो जसमा परेको पानी एउटै नदि तथा खोलाबाट निकास भएर जान्छ । जलजमिनजनता,जनावरजंगल जलाधारका तत्वहरु हुन । जलाधारका तत्वहरु आपसमा अन्तरसम्बन्धित भएर रहेका हुन्छन् । यी अन्तरसम्बन्धित तत्वहरुको एक साथ गरिने व्यबस्थापन एकिकृत जलाधार व्यबस्थापन हो । एउटा जलाधार क्षेत्रमा पानीको मुहान संरक्षणपानी श्रोत व्यवस्थापनप्रयोग भएर खेर जाने पानी संकलन र उपयोगसंरक्षण पोखरीहरुको निर्माणसिंचाई कुलो निर्माण तथा सुधारपहिरोखहरेखोला तथा नदि कटान डुबान नियन्त्रणफलफुलघाँसडालेघाँसका विरुवा रोपनसडकका पाखाहरु संरक्षण जस्ता अन्तरसम्बन्धित सबै कार्यक्रमहरु एकिकृत रुपमा सँगसँगै संचालन गरेमा मात्र व्यबस्थित र दिगो बिकास हुन्छ भन्ने नै एकिकृत जलाधार व्यबस्थापनको अबधारणा हो र भू तथा जलाधार व्यबस्थापन कार्यालयले यहि अवधारणा बमोजिम कार्य गर्ने सिद्धान्त बोकेको छ ।

readmore
भिडियो
 सूचना
 अन्य
  • Welcome to our Site
    प्रकाशित मिति :

    २०८१ मंसिर २३ गते , आइतबार

    View
  • सम्बन्धित लिङ्कहरू
    सामाजिक संजाल
    हाम्रो स्थान

    कार्यालय समय

    आईतवार - विहिबार


    विहान १०:०० देखि ५:०० सम्म


    शुक्रवार 


    विहान १०:०० देखि ३:०० सम्म


    सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहने छ


    हाम्रो ग्यालरी